काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा पुस २५ गते गर्ने भएको छ ।
सभा आम्रपाली ब्याक्वेट भाटभटेनीमा हुने कम्पनीले जनाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।