काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार (आज) नेप्से १ दशलमव १९ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २६ सय विन्दुमुनि झरेको हो ।
बिहीवार नेप्से २ हजार ५९६ दशमलव ८२ विन्दुमा कायम भएको छ । नेप्से साढे दुई महीना (गत असोज १६)यताकै न्यून विन्दुमा झरेको हो । गत असोज १६ गते नेप्से २ हजार ५९७ दशमलव ४९ विन्दुमा बन्द भएको थियो ।
बजार निरन्तर घट्दा लगानीकर्ता थप 'प्यानिक' बनेका छन् । पछिल्लो ११ कारोबार दिनमा नेप्से दुई दिन बढेको छ भने बाँकी ९ दिन घटेको छ । यस आधारमा पनि लगानीकर्ता बजारप्रति सकारात्मक नभएको बुझ्न सकिन्छ ।
आज ३१० धितोपत्रको ९८ लाख ३२ हजार ३०८ कित्ता शेयर ५५ हजार ९८९ पटकमा रू. ४ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ३२७ दशमलव ५० पुगेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ९६ प्रतिशत बढेर रू. १ हजार ९१२ पुगेको छ ।
बिहीवार नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव २१ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३०१ मा झरेको छ । त्यस्तै माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६ दशमलव ६३ प्रतिशत घटेर रू. ५३९ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १७ करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९१४ दशमलव ४० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा कर्णाली डेभलपमेन्ट बैंक छ । बैंकको रू. ११ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशमलव ७३ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको सूचक २ दशमलव ३१ प्रतिशत र लगानी समूहको १ दशलमव ९५ प्रतिशत घटेको छ ।