काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने निर्णय गरेको हो ।
कम्पनीले लगानीकर्ताहरूलाई लाभांश वितरण गर्न कर्जा घटाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा चुक्ता गर्ने प्रयोजनका लागि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ छ । सोही बराबरको हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी ६ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफामा छ ।