काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले जेठ मसान्तसम्म १५ करोड ६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
वैशाख मसान्तसम्म १२ करोड ९८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले जेठमा नाफा बढाएको हो । जेठमा योजनाले १७ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा २ करोड २८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । वैशाखमा योजनाले १५ करोड ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा २ करोड ७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको थियो ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७८ साउन ७ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । वैशाख मसान्तसमम ११ रुपैयाँ ३ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य जेठ मसान्तसम्म भने ११ रुपैयाँ २० पैसा कायम भएको छ । जेठसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी छ । ५ करोड रुपैयाँ बैंक मुद्दती निक्षेपमा लगानी गरेको योजनाको कुल लगानी मूल्य भने १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।