काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको कुल ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको 'लक-इन' आगामी साउन १७ गतेपछि सकिने भएको छ ।
कम्पनीको संस्थापक तर्फको ७३ लाख कित्ता, आयोजना प्रभावित स्थानीय तर्फको १५ लाख ९३ हजार कित्ता र कर्मचारी तर्फको ७ लाख ९६ हजार ५०० कित्ता शेयर तीन वर्ष अवधिका लागि 'लक-इन'मा थियो । संस्थापक समूह अन्तर्गतको विदेशी लगानीकर्ता कम्पनी डोल्पा इम्प्याक्ट फण्डको नाममा रहेको ३८ लाख ५१ हजार कित्ता शेयरको 'लक-इन' भने २०८० फागुन २ गते नै समाप्त भइसकेको जानकारीसमेत कम्पनीले दिएको छ ।
असार ११ गते कम्पनीले सूचना जारी गर्दै आगामी एक महीनापछि उल्लेखित शेयर कारोबार गर्न मिल्ने जानकारी दिएको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षसम्म 'लक-इन'मा रहने व्यवस्था छ । कम्पनीले सर्वसाधारणमा २०७९ साउन १८ गते आईपीओ बाँडफाँट गरेको थियो ।
'लक-इन'मा रहेको शेयर साउन १८ गतेदेखि कारोबार गर्न सकिनेछ ।