काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा ह्याविट्याट पावर कम्पनी पनि रहेको छ । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि असार २५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
जारी पूँजी बृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ । आईपीओ र हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सभाले सञ्चालक समितिलाई सुम्पनेछ । प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।