काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले संस्थापकतर्फको १४ हजार ३१२ कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो ।
यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।