काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले जेठ मसान्तसम्म २३ करोड २६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । वैशाख मसान्तसम्मको तुलनामा जेठ मसान्तसम्म यस योजनाको नाफा बढेको हो । वैशाख मसान्तसम्म भने योजनाले २१ करोड ६८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
यो महिना योजनाको आम्दानी बढेकाले नाफा बढ्न पुगेको हो । वैशाख मसान्तसम्म २३ करोड ५६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले जेठ मसान्तसम्म भने २५ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
खर्च भने यो महिना बढेको छ । वैशाख मसान्तसम्म १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले जेठ मसान्तसम्म भने २ करोड ८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०८० भदौ २६ गतेदेखि सञ्चालनमा छ । योजना सञ्चालनका लागि १० करोड इकाई जारी भएको थियो । जेठ मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ८२ पैसा रहेको छ ।
प्रति इकाई खुद सम्पत्ति मूल्य पनि बढेको हो । वैशाख मसान्तसम्म भने योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ६६ पैसा रहेको थियो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले जेठ मसान्तसम्म धितोपत्र र मुद्दती निक्षेपमा समेत गरेको लगानीको परल मूल्य १ अर्ब १ करोड रुपैयाँभन्दा बढी रहेको छ । १२ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको योजनाको यो रकमसहित कुल लगानी मूल्य भने १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी छ ।