काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार (आज) एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
नेपाल एसबिआई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले बैंकको ३ दशमलव ८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४२५ दशमलव ८२ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा कम्पनीको शेयरको रू. ४४२ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको शेयर आगामी आइतवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।