भदौ १, काठमाडौं (अस) । सिप्रदी टे«डिङले सोल्टी क्राउन प्लाजालाई हाई लिफ्ट्स क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक विक्रेता सिप्रदीले बुुधवार राजधानीको सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको होे । कम्पनीका अनुसार उक्त गाडी हवाईजहाजभित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिनेछ । टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्प अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुुसार तयार गरिएको दावी कम्पनीले गरेको छ । ३ हजार केजीसम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडी चलाउन र मर्मत गर्न निकै नै सजिलो रहेको बताइएको छ । गाडीको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्नसमेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ । साधारण क्याटरिङ च्याम्पभन्दा यसको बडीमा भएको स्याण्डविच कम्प्रेष्ड प्यानलले खानामा ताजापन कायम नै राख्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा जडान गरिएको पीटीओ, डीसी मोटर ≈याण्ड पम्प, सहजताका लागि क्यामरा र चालकको क्याविनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प फरक र उत्कृष्ट रहेको दाबीसमेत कम्पनीले गरेको छ । यसमा जडान गरिएको सबै सामग्री विश्वसनीयताका लागि परीक्षण गरिएको कम्पनीले बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.