काठमाडौं । विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीसँग उद्यमशीलताको सोच छ । तर, पूँजीको अभावमा त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन् भने उनीहरूलाई अवसर दिइने भएको छ ।
विश्वविद्यालय तहका विद्यार्थीबाट उद्यमशील सोचको प्रतिस्पर्धा गराई छानिएकालाई लगानीको वातावरण बनाउन लागिएको हो । ‘कलेज आइडिया हन्ट २०२२’ का लागि अनलाइन आवेदन खुला गरिएको आइडिया स्टुडियोले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीले प्रतियोगिताका लागि अनलाइन माध्यमबाट उद्यमशीलताको सोच प्रस्तुत गरेर प्रतिस्पर्धामा सहभागी हुनसक्ने जानकारी दिए । आइडिया स्टुडियोले सन् २०१४ देखि यस्तो प्रतिस्पर्धा गर्दै आएको छ ।
प्रतिस्पर्धामा सहभागी भएर जित्नेले उद्यमशीलताका माध्यमबाट २०० जनासम्मलाई रोजगारी दिएको उदाहरण पनि कार्यक्रममा उनले प्रस्तुत गरे । रासस