काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले वैशाख २ गतेदेखि ८ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले वैशाख ९ गतेसम्म यी शेयर विक्री खुला गर्न लागको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ लाख २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १० गते विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडकाृे कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।