काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ४५ हजार् ९३५ दशमलव ७९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । सोमवार नेप्सेले कम्पनीको उल्लेखित कित्ता शेयर सर्वसाधारणमा परिणत गराई अभिलेख गरेको हो । गत फागुन ६ गते सम्पन्न कम्पनीको ११औं वार्षिक साधारण सभाबाट कम्पनीले संस्थापक तर्फको उल्लेखित कित्ता शेयर सर्वसाधारणमा परिणत गराउने प्रस्ताव पारित गरेको थियो ।
साविक संस्थापक तर्फको ६९ दशमलव ६५ प्रतिशत संस्थापक र ३० दशमलव ३५ प्रतिशत सर्वसाधारण तर्फको शेयर स्वामित्व संस्थापकतर्फ ६१ दशमलव ११ प्रतिशत र सर्वसाधारणतर्फ ३८ दशमलव ८९ प्रतिशत कायम भएको हो । कम्पनीले संस्थापक तर्फको ८ दशमलव ५४ प्रतिशत शेयर सर्वसाधारणमा परिणत भएको हो ।