काठमाडौं । विदेशी मुद्राको संचिति सहज अवस्थामा भएपछि नेपाल राष्ट्र बैंक विदेशी मुद्रा सटहीमा लचिलो बनेको छ । बुधबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयातकर्ताका लागि सटही सुविधामा सहुलियत दिएको हो ।
राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै व्यापारिक, उपचार र शिक्षाको लागि विदेशी मुद्रा सटही सुविधा सीमा बढाएको छ ।
नेपाली नागरिकले बाह्य मुलुकमा उपचार गर्न वा स्वास्थ्य उपकरण खरीद गर्नका लागि १० हजार डलरसम्म सहटी सुविधा पाउँदै आएकोमा बढाएर १५ हजार डलर पुर्याएको छ ।
विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका शिक्षण संस्थाहरूलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरूको भुक्तानीको लागि १२ हजार डलरसम्म सटही सुविधा उपलब्ध हुँदै आएकोमा बढाएर २५ हजार डलर बनाइएको छ ।
हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु परेमा र विक्रेताले उधारोमा दिएमा अधिकतम अमेरिकी डलर १० हजार मूल्यसम्मका सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने सीमालाई बढाएर एक लाख डलर पुर्याइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.