काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष पहिलो दुई महीना (साउन-भदौ)को आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार देशको कुल आयात १.१ प्रतिशतले बढेको देखिएको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ ।
त्यस्तै विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बढेको देखिन्छ ।
प्रमुख झलक
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।
- आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु. २१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ ।
- नेपाल सरकारको खर्च रु.१३७ अर्ब ५५ करोड र राजस्व परिचालन रु.१६६ अर्ब ३९ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।