काठमाडौं (अस) । काठमाडौंको किस्ट कलेजमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कलेजले २०५२ सालदेखि कक्षा ११ र १२ मा विज्ञान विषयबाट शैक्षिक कार्यक्रम शुरू गरेको थियो । साढे दुई दशकभन्दा लामो अवधिमा कलेजले शैक्षिक वृत्तमा आफ्नो बलियो उपस्थिति बनाइसकेको छ ।
पेशागत हिसाबले समाजको फरक क्षेत्रमा अपरिहार्य बनेको जनशक्ति उत्पादनका लागि कलेजले २०५४ सालदेखि कक्षा ११ र १२ मा व्यवस्थापनको शैक्षिक कार्यक्रम समेत शुरू गरेको थियो । २७ वर्षको इतिहास बोकेको यस कलेजले आफ्नो भौतिक संरचनाको स्तरोन्नतिका साथै अध्ययन अध्यापनको क्षेत्रमा गुणात्मक सुधार गरेको बताइएको छ । कक्षा ११ र १२ का साथै अन्य तहका शैक्षिक नतीजा समेत उत्साहजनक रहेको कलेजले बताएको छ । यस कलेजका पुस्तकालय, प्रयोगशाला आदि शैक्षिक पूर्वाधार स्तरीय रहेको दाबी गरिएको छ ।
अध्ययन अध्यापनको उच्चतम गुणस्तरको प्रतिबद्धतासहित यस कलेजले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिएको छ । नियमित अध्ययन अध्यापनका साथै विभिन्न अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीमा रहेको क्षमता प्रवद्र्धनमा कलेजले ध्यान केन्द्रित गरेको बताइएको छ । उत्कृष्ट र अनुभवी शिक्षक शिक्षिकाबाट अध्यापन गराइने यस कलेजको उत्कृष्ट नतीजाका लागि विद्यार्थी लक्षित शिक्षण सिकाइमा जोड दिइँदै आएको छ ।
कक्षा १२ का विद्यार्थीलाई कलेजले मेडिकल, इन्जिनीयरिङ र व्यवस्थापन विषयमा सहयोग पुर्याउन निःशुल्क तयारी कक्षासमेत दिने गरेको छ । शहरका विभिन्न भागसम्म यातायात सुविधा उपलब्ध गराएको यस कलेजले छात्र र छात्राका लागि छुट्टाछुट्टै होस्टेलको समेत व्यवस्था गरेको छ । कक्षा ११ र १२ का अतिरिक्त स्नातकतर्फ बीबीए, बीआईएम, बीआईटी बीबीएस र बीएससी माइक्रोबायोलोजीका साथै स्नातकोत्तरतर्फ एमबीएस र एमएससी माइक्रोबाइलोजी समेतको अध्यापन हुने सो कलेज विद्यार्थीहरूको एउटा उत्कृष्ट गन्तव्य हुन सक्ने विश्वास कलेजले लिएको छ ।