काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७ दशमलव ४१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ८ करोड ८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ६ करोड ६८ लाखमा झरेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेसँगै नाफा प्रभावित भएको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ११ दशमलव २६ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले विद्युत् विक्रीबाट रू. १३ करोड २१ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ११ करोड ७२ लाखमा झरेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रूपैयाँ २८ पैसा रहेकोमा चालू आवमा घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ । चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४१ दशमलव ५९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ९५ रहेको छ । चुक्तापूँजी रू. ४९ करोड ३३ लाख रहेको कम्पनीले जगेडामा रू. १५ करोड ७६ लाखभन्दा बढी सञ्चित गरेको छ ।