logo
विद्युत विक्री आम्दानी घटेसँगै सुपरमाई हाइड्रोपावरको नाफा घट्यो, यस्ता छन् अन्य सूचक
विद्युत विक्री आम्दानी घटेसँगै सुपरमाई हाइड्रोपावरको नाफा घट्यो, यस्ता छन् अन्य सूचक
२३ श्रावण २०८०

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा ५५ प्रतिशत कमी आएको छ । 

अघिल्लो आवमा कम्पनीले रू. १२ करोड ३९ लाख नाफा कमाएकोमा गत आवमा रू. ५ करोड ५२ लाखमा झरेको हो । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. २४ करोड ५४ लाख आम्दानी गरेकोमा गत आवमा रू. २१ करोड ७१ लाखमा सीमित भएको छ । 

मौसम प्रतिकुल भई उत्पादनमा भएको उल्लेखनीय गिरावट, ब्याजदरमा भएको चरम वृद्धि र पूर्ण मर्मत सम्भारका कारण गत वर्ष कम्पनीको तरलता र मुनाफामा नकारात्मक असर परेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ५० करोड छ । त्यस्तै कम्पनीले जगेडामा रू. ५ करोड ४५ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ०६ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ९१ छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.