वीरगञ्ज (अस) । नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका सद्भावनादूत अशोककुमार वैदले भारतको मुम्बई नगर निगमका महापौर विश्वनाथ महादेशवरसँग दुई शहरबीच भगिनी सम्बन्ध स्थापनाका विषयमा छलफल गरेका छन् । भगिनी सम्बन्ध स्थापित भएमा दुवैबीच सहयोग आदानप्रदान सहज हुने उनले बताए ।
वीरगञ्ज नेपालको आर्थिक केन्द्र भएकाले पनि भारतको आर्थिक राजधानी मानिएको मुम्बईसँगको सम्बन्ध विस्तार बहुआयामिक हुने उनको भनाइ छ । उनले भेटमा वीरगञ्जको विकासमा सहयोगको आग्रहसमेत गरे । महापौर महादेशवरले निकट भविष्यमा वीरगञ्जको भ्रमण गर्ने जानकारी वैदले दिए । वीरगञ्जलाई व्यवस्थित, सफा, सुन्दर, आकर्षक शहरका रूपमा विकसित गर्न आवश्यक सहयोग प्रदान गर्ने आश्वासन पाएको उनले बताए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.