नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउन भ्याटबाहेक रू. १२ अर्ब अनुमान गरेको थियो । तर, यसका लागि चिनियाँ सीएएमसी इञ्जिनीयरिङ कम्पनीले रू. २६ अर्बभन्दा बढी लागतको प्रस्ताव गर्यो । यसो हुँदा प्राधिकरणको आम्दानीभन्दा बढी
ऋणभार ब्यहोर्नुपर्ने स्थिति छ । यसैले अहिले विमानस्थल निर्माणको विषय अन्योलमा परेजस्तो भएको हो । तर, विमानस्थल बनाउने विषयमा कसैको विमति छैन । पोखरामा क्षेत्रीय स्तरको विमानस्थल बनाउने उद्देश्यले नै सरकारले यो कुरा अगाडि बढाएको हो । त्यसैले बाहिर प्रचारमा आएजस्तो विमानस्थल बनाउन नचाहेको कुरा भ्रामक र असत्य हो । यो विषयलाई राजनीतीकरण गर्न खोजिएको छ । दलपिच्छे विरोधाभासपूर्ण अभिव्यक्ति सार्वजनिक भइरहेका छन् ।
(नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य ज्योति अधिकारीसँगको कुराकानीबाट)
वर्ष ७, अंक ३५०, शुक्रवार १५ भदौ, २०६९