काठमाडौं। मेटलाइफ नेपालले गत आर्थिक वर्षका हासिल गरेको सफलतामा खुशी साट्दै काठमाडौंमा विशेष कार्यक्रम गरेको छ । बंगलादेश, मलेशिया नेपाल र भियतनामका हेर्ने मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट एलेना बुटारोभाको उपस्थितिमा उक्त कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रममा नेपालका विभिन्न क्षेत्रबाट आ–आफ्ना परम्परागत पोशाकमा मेटलाइफका अभिकर्ता कार्यक्रममा सहभागी थिए । यसले समावेशिताप्रति कम्पनीको प्रतिबद्धता र सबै भौगोलिक क्षेत्रका नागरिकले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने साझा उद्देश्य पूरा गर्ने कम्पनीको अभियानलाई प्रतिनिधित्व गरेको बताइएको छ ।
सिनियर भाइस प्रेसिडेन्ट बुटारोभाका र मेटलाइफका जेनेरल मेनेजर निर्मलकाजी श्रेष्ठ लगायतका वरिष्ठ व्यवस्थापनले गतवर्ष उत्कृष्ट काम गर्ने एजेन्सी म्यानेजर, युनिट म्यानेजर र फिल्ड प्रतिनिधिको परिश्रम र समर्पणको प्रशंसा गर्दै सम्मान गरेका थिए ।