काठमाडौं । यो साताको कारोबारमा धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ८७ अर्ब ३२ करोड ८७ लाख रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३६ अर्ब ४४ करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४९ अर्ब ११ करोड ३६ लाख रुपैयाँभन्दा बढी कायम भएको हो ।
यो साता समग्र धितोपत्र दोस्रो बजार कारोबार मापक नेप्से परिसूचक १ दशमलव ९२ प्रतिशत घटेको छ । अंकका हिसाबमा भने नेप्से परिसूचक ५२ दशमलव ६४ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ७३४ दशमलव ९३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ६८२ दशमलव २९ विन्दुमा झरेको हो । यो साताका पाँच कारोबार दिनमध्ये चार कारोबार दिन बजार घटेको छ भने एक कारोबार दिन बजार बढेको छ । पहिलो कारोबार दिन ४५ दशमलव ९३ अंक, दोस्रो दिन १२ दशमलव ८४ अंक र तेस्रो दिन ६ दशमलव ३२ अंक घटेको नेप्से परिसूचक चौथो दिन ४५ दशमलव ८८ विन्दुले बढेको थियो । अन्तिम कारोबार दिन भने ३३ दशमलव ४२ अंकले बजार घटेर बन्द भएको छ ।
पछिल्लो समय बजार घट्दो क्रममा रहेको देखिन्छ । ब्रोकरहरूका अनुसार यतिबेला लगानीकर्ताको उत्साह निकै कम देखिन्छ । बजारमा पर्याप्त तरलता रहँदारहँदै पनि धितोपत्र बजारमा लगानीको माग कम हुनुको कारण लगानीकर्ताले लगानीको क्षेत्र परिवर्तन गर्नु रहेको ब्रोकरहरूको भनाइ छ ।
यो साता बजार मापक सबै महत्त्वपूर्ण सूचक घटेका छन् । कुल कारोबार रकम ३६ दशमलव ७८ प्रतिशत र कुल कारोबार कित्ता ३५ दशमलव ३७ प्रतिशत घटेको छ । गत साता ४५ अर्ब ३९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ९ करोड ५० लाख ६८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २८ अर्ब ६९ करोड ८२ लाख रुपैयाँभन्दा बढीको ६ करोड १४ लाख ४१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता १६ अर्ब ६९ करोड ९० लाख रुपैयाँभन्दा बढीले कुल कारोबार रकम घटेको छ भने कुल कारोबार कित्ता ३ करोड ३६ लाखभन्दा बढीले घटेको छ ।
औसतमा गत साता ९ अर्ब ७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको १ करोड ९० लाख १३ हजारभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ५ अर्ब ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढीको १ करोड २२ लाखभन्दा बढीको कारोबार भएको छ । औसतमा कुल कारोबार रकम ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीले र कुल कारोबार कित्ता ६७ लाख २५ हजारभन्दा बढीले घटेको छ ।
सातागत परिसूचकको तुलना | ||||
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,682.29 | 2,734.93 | -52.64 | -1.92 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 458.22 | 464.01 | -5.79 | -1.25 |
कारोबार रकम (रू. हजारमा) | 28,698,291.31 | 45,397,348.07 | -16,699,056.76 | -36.78 |
कारोबार कित्ता | 61,441,985.00 | 95,068,956.00 | -33,626,971.00 | -35.37 |
औसत कारोबार रकम (रू. हजारमा) | 5,739,658.26 | 9,079,469.61 | -3,339,811.35 | -36.78 |
औसत कारोबार कित्ता | 12,288,397.00 | 19,013,791.20 | -6,725,394.20 | -35.37 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,449,113.67 | 4,536,442.38 | -87,328.71 | -1.93 |
स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।
उत्पादन तथा प्रशोधन समूहको मात्र परिसूचक बढ्यो
यो साताको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको मात्र परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने २ दशमलव शून्य ७ प्रतिशत बढेको हो । यो साता जीवन बीमा समूहको परिसूचक सर्वाधिक घटेको छ । जीवन बीमा समूहको परिसूचक गत साताको तुलनामा ५ दशमलव ९५ प्रतिशत घटेको हो ।
त्यस्तै होटल तथा पर्यटनको ३ दशमलव ३१ प्रतिशत, वित्तको ३ दशमलव २२ प्रतिशत, व्यापारिकको २ दशमलव ८५ प्रतिशत, लघुवित्तको २ दशमलव २४ प्रतिशत, विकास बैंकको २ दशमलव १९ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव शून्य ८ प्रतिशत, जलविद्युतको १ दशमलव ९२ प्रतिशत, लगानीको १ दशमलव ७६ प्रतिशत, अन्यको १ दशमलव १३ प्रतिशत, बैंकिङको शून्य दशमलव ८६ प्रतिशत र बैंकिङको शून्य दशमलव ५५ प्रतिशत परिसूचक घटेको हो ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन | |||
यो साता | गत साता | फरक | फरक प्रतिशत |
उत्पादन तथा प्रशोधन | 6,865.50 | 6,726.58 | 2.07 |
म्युचुअल फण्ड | 21.72 | 21.84 | -0.55 |
बैंकिङ्ग | 1,427.83 | 1,440.26 | -0.86 |
अन्य | 1,981.19 | 2,003.80 | -1.13 |
लगानी | 102.98 | 104.83 | -1.76 |
जलविद्युत् | 3,546.68 | 3,615.98 | -1.92 |
निर्जीवन बीमा | 12,821.57 | 13,093.44 | -2.08 |
विकास बैंक | 5,689.56 | 5,817.21 | -2.19 |
लघुवित्त | 4,939.98 | 5,052.92 | -2.24 |
व्यापारिक | 4,930.08 | 5,074.47 | -2.85 |
वित्त | 3,259.52 | 3,367.97 | -3.22 |
होटल तथा पर्यटन | 6,625.97 | 6,852.96 | -3.31 |
जीवन बीमा | 12,936.42 | 13,755.35 | -5.95 |
स्रोत : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ।