काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा बोनस र नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुल लाभांशमा बोनस र कर कति भन्नेबारे कम्पनीले सूचनामा उल्लेख गरेको छैन ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समय जारी गरेको निर्देशनलाई ध्यानमा राखी यस वर्ष कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको छ ।