काठमाडौं । युनिक नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कोहलपुर , बाँकेमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्याउनेछ । गत भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । लाभांश सम्बन्धी प्रस्ताव साधारण सभाको सूचनामा भने समावेश छैन् ।
भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।