अस्ति फेसबुक र इन्स्टा केही बेर के चल्या थिएन, मान्छे झन्डै डिप्रेसनमा गाका । होइन अचेलका मानिस के भाका ? हातमा मोबाइल, मोबाइलमा इन्टरनेट र त्यसमा पनि फेसबुक, इन्स्टा नभए त बगराँमा परेका माछाजस्ता पो हुन पुग्दा रैछन् । अर्काथरी त फेसबुकभन्दा पनि युट्युबमा चौबिसैघण्टा झुन्डिरहेका हुन्छन् । यो युट्युब अहिले देउताजस्तो पो भा छ । हरेक कुराको औषधि भनेजस्तो । बच्चाले खाना खाएन, युट्युब देखाइदिनुस् अनि आँ गर्छ, नत्र ह्वाँ गर्छ । धारामा पानी आएन, केही छैन । नेटमा यति व्यस्त हुन्छन् कि भात डढेको र छोराछोरी सडेको बाउआमाहरूलाई पत्तै हुँदैन । तर एकछिन इन्टरनेट नआओस् त कसैको धैर्य छैन, शिवजीको रौद्र रूपलाई बिर्साउँछन् नेपालीले ।
अस्ति फेसबुक र इन्स्टा केही बेर के चल्या थिएन, मान्छे झन्डै डिप्रेसनमा गाका । होइन अचेलका मानिस के भाका ? हातमा मोबाइल, मोबाइलमा इन्टरनेट र त्यसमा पनि फेसबुक, इन्स्टा नभए त बगराँमा परेका माछाजस्ता पो हुन पुग्दा रैछन् । अर्काथरी त फेसबुकभन्दा पनि युट्युबमा चौबिसैघण्टा झुन्डिरहेका हुन्छन् । यो युट्युब अहिले देउताजस्तो पो भा छ । हरेक कुराको औषधि भनेजस्तो । बच्चाले खाना खाएन, युट्युब देखाइदिनुस् अनि आँ गर्छ, नत्र ह्वाँ गर्छ । धारामा पानी आएन, केही छैन । नेटमा यति व्यस्त हुन्छन् कि भात डढेको र छोराछोरी सडेको बाउआमाहरूलाई पत्तै हुँदैन । तर एकछिन इन्टरनेट नआओस् त कसैको धैर्य छैन, शिवजीको रौद्र रूपलाई बिर्साउँछन् नेपालीले ।
युट्युब हेर्नुस् त हिजोआज जालीहरूको मुखमा पनि लाली छ । इमानदारहरूको भागमा त गाली नै गाली छ । आली आलीमा विष छ, त्यही थाली थालीमा पुगिरहेकै छ । कमाउनेले कमाएकै छन्, कोही विष बेचेर त कोही कुरा बेचेर । यसो युट्युबको संसारतिर घुम्नुस् त त्यहाँ कुरै कुराको संसार भेट्नुहुन्छ । भ्युज बढाउने चक्करमा न्युज र न्युडको बाढी छ । जसले जे गरे पनि तपाईंलाई युज गरेर यिनका मालिक धनीको सिँढीमा माथि उक्लिएका उक्लियै छन् । फेसबुक एकछिन बन्द हुँदा जुके भाइको कति अर्ब डलर स्वाहा भो रे । युट्युब बन्दा हुँदा मालिकको कति जाला थाहा छैन, तर नेपालमा भने कत्तिको निद्रा मात्र हैन गाँस, बास र कपास सबै हराउनेछ ।
पर्दाभित्र बाहिर अनेक खेल जारी छन् । जताततै गाइजात्रा थरीथरी छन् एकसे एक महान् । सामाजिक सञ्जालबाट मानिसलाई बचाऊ हे भगवान् ! युट्युबेहरूको कमाल जारी छ । लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्नेहरूको इन्टरनेटमा ठूलै सवारी छ । दूधविनै केवल ६ मिनेटमा हावामा दही जमाउनुस् । विनाअन्डा अमलेट पकाउनुुस् । प्रश्न कसैले गर्दैन, धडाधड सब्स्क्राइबर र भ्युअरशिप बढाउनुस् । अनि युट्युबबाटै डलर झार्नुस्, बसी बसी कुस्त धन जम्मा पार्नुस् । देखाउन सक्नुहुन्छ भने हेर्नेको कमी छैन । सालीलाई गाली गर्नुस् वा आफ्नै आमाबाउलाई हकार्नुस्, युट्युबे हिरो भइहाल्न बेर लाग्दैन ।
युट्युबेहरूको कमाल जारी छ । लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्नेहरूको इन्टरनेटमा ठूलै सवारी छ । दूधविनै केवल ६ मिनेटमा हावामा दही जमाउनुस् । विनाअन्डा अमलेट पकाउनुुस् । प्रश्न कसैले गर्दैन, धडाधड सब्स्क्राइबर र भ्युअरशिप बढाउनुस् ।
विनानदीका डुंगा चलाउनोस् । कम्प्युटर वा मोबाइलमै फुटबल छलाउनुस् । मृत दलको टिकट सड्काउनुस् । दलमा छिर्नासाथ मन्त्री पड्काउनुस् । अझ जेलमै बसी बसी चुनावमा जित चड्काउनुस् ।
भात कसरी पकाउनेदेखि गुन्द्रुक कसरी सुकाउनेसम्मको ज्ञान त्यहीँ छ त । बम पड्काउनेदेखि दिमाग सड्काउनेसम्मका कुरा त्यहीँ पाइन्छन् । पहिले महाभारतको महिमामा भनिन्थ्यो, ‘यदिहास्ति तदन्यत्र, यन्नेहास्ति न कुत्रचित्’ । अर्थात् ‘यहाँ छ भने अन्त पनि छ, यहाँ छैन भने कतै पनि छैन’ । अहिले ठ्याक्कै महाभारत बनेको छ युट्युब । महाभारतको सञ्जयले हेरेको युद्धको लाइभ टेलिकास्ट पनि यही युट्युबै त हो नि । त्यसैले त घरघरमा रडाको मच्चाउन, पतिपत्नीको सम्बन्ध सक्काउन, केटाकेटीलाई भात कोच्याउन, युवालाई विदेशतिर लोभ्याउन, एकले अर्कालाई झुक्याउन, कसैलाई ज्यान बनाउन, कसैलाई धन कमाउन, कसैलाई ज्ञान बढाउन युट्युबले सहयोग गरेको गर्यै छ । पहिला तपस्या गरेपछि भगवान् तथास्तु भन्थे रे, अहिले सर्च बटन थिचेपछि वरदान त तात्तातै मोबाइलमा खसिहाल्छ । पानी पिउन परे वाटर डट कममा गएर डाउनलोड गर्नुस् न भन्न बेर छैन । तर होश गर्नुस् नि । जहाँतहीँ बटन थिच्नुभयो भने चैं तपाईं मामाघर पुग्नुहोला वा तपाईंको बैंकको खातामा भाको पैसा गायब होला । उस्तै पर्यो भने यमराजकाहाँ नै पुग्न पनि बेर लाग्दैन नि ।
केबल बिताउनुस् ५ मिनेट हाम्रो च्यानलमा । क्षण भरमै तपाईं सदाका लागि जवान देखिनुहुन्छ । केवल ३ मिनेटमा कसरी बचाउने पूरै साल ? विना बिन सर्प कसरी नचाउने ? सित्तैमा प्रेमी वा प्रेमिका कसरी फकाउने ? आकाशमा उडिरहेका चरा कसरी समाउने ? पुरानासँग नयाँ माल कसरी साट्ने ? घर छिर्नासाथ श्रीमतीलाई कसरी डाँट्ने ? शेयरमा करोड कसरी कमाउने ? घाट नपुग्दासम्म कपाल नेचुरल्ली कालो कसरी बनाउने ? तेल लगाएकै भरमा एक हप्तामै तालुमा कपाल कसरी उमार्ने ? छतमा सयथरी फल कसरी फलाउने ? माछा कसरी मार्ने विनाजाल ? विना तबला नै कसरी मिलाउने मीठो ताल ? छुने बित्तिकै ठीक पार्ने लिनोस् टाउकोे दुखाइ गायब गर्ने यो बाम । करोडौं कमाउनुस् विना लगानी सुको दाम । बस यो मन्त्र फुकेर घरै बसी बसी पुग्नोस् चारै धाम !
यो यो खानुभयो भने यमराज पनि भाग्छ । यो यो पिउनुभयो भने मुर्दा पनि जाग्छ । यस्तो यस्तो गरेमा गधाले पनि गाउन थाल्छ गीत । यो सुँघ्नुस् अनि डर यसै भाग्छ । यसरी यसरी भाषण गर्नुभयो भने पानीमा पनि आफै आगो लाग्छ । तपाईंले यो भिडियो पूरै हेर्नुभयो भने ढुंगा पनि पग्लिन थाल्छ । यो पाउडर लगाउन शुरू गर्नुस्, तपाईंको चाउरिएको अनुहार दुई–चार दिनमै पूरै सग्लिन्छ । विनानदीका डुंगा चलाउनोस् । कम्प्युटर वा मोबाइलमै फुटबल छलाउनुस् । मृत दलको टिकट सड्काउनुस् । दलमा छिर्नासाथ मन्त्री पड्काउनुस् । अझ जेलमै बसी बसी चुनावमा जित चड्काउनुस् ।
आउनोस्, युट्युबरका मजा हेर्नुहोस् र आफ्नो बिग्रेको मुड फेर्नुहोस् । छाड्नुस् हेर्न यो राजनीतिका न्यूज । चाहे होस् त्यसमा मिलियन, बिलियन वा ट्रिलियन भ्युज । ‘सत्ता पल्ट्यो, भत्ता सल्ट्यो’ शीर्षकमा डिस्कसन चलिरहेछ प्यानलमा, ल है केवल हाम्रो च्यानलमा । भिडियो खेल जारी छन् । सबैतिर राजनीतिदेखि अर्थनीतिका मदारी वारि पारि छन् । यसैले आउनोस् आउनोस्, युट्युबदेवीको खेल हेर्नुस् । यता हेर्नुस् यो ‘बेल आइकन’ थिच्नुहोस् । धमाधम केवल सब्स्क्राइब गर्नुस् । सकेदेखि यसबाटै आफ्नो ढुकुटी भर्नुस् ।
छैन त युट्युबको यो संसार अचम्म । यसैले ल है भन्नुस्, ‘युट्युबदेवीकी जय’ ! सकेसम्म ।