काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १३ करोड १ लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनी रू. १ करोड १० लाख घाटामा थियो ।
गत आवमा सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले कम्पनी नाफामा गएको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा उल्लेख्य बढेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ८१ लाख ९९ हजार रहेकोमा गत आवमा बढेर रू. १९ करोड ८१ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवमा रू. ३३ करोड ५० लाख रहेकोमा गत आवमा रू.३८ करोडभन्दा बढी पुगेको छ ।
कम्पनी नाफामा रहेसँगै अघिल्लो आवमा २ रुपैयाँ २८ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी गत आवमा २६ रुपैयाँ ७९ पैसा धनात्मक रहेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा पनि अघिल्लो आवको तुलनामा गत आवमा घटेको छ । अघिल्लो आवमा १७ दशमलव ४८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा ८ दशमलव २८ प्रतिशतमा झरेको हो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ९४ पैसा र तरलता अनुपात २६ गुणा छ । चुक्ता पूँजी रू. ४८ लाख ५७ लाख रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. २० करोड २२ लाख र जगेडामा रू. २२ करोड ४८ लाख सञ्चिति गरेको छ ।