काठमाडौं । चीनको शान्तोङ प्रान्तको पिन्चाउ शहरको अवस्थित छ– युयुए होम टेक्सटाइल कम्पनी लिमिटेड । चीनको आर्थिक क्षेत्रमा रहेको यो कम्पनी त्यहाँको टेक्सटाइल क्यापिटल र होम टेक्सटाइल बेसको मेरुदण्ड मानिन्छ ।
यो उद्योगले कपडा उत्पादन गरी विश्वका ३० भन्दा बढी देशमा निर्यात गर्ने गर्छ । उद्योगले कपडा बुनाई, मुद्रण, डिजाइनिङलगायत काम हुने गरेको छ ।
सन् २००४ मा स्थापना भएको उक्त कम्पनीमा हाल ६ हजार ३०० कर्मचारी रहेका छन् । कम्पनीका २२ शाखा छन् ।
कम्पनीले घरेलु कपडा उत्पादनहरूबारे अनुसन्धान र विकास गर्ने गरेको छ ।
यहाँका इकोलोजिकल होम टेक्सटाइल उत्पादनहरूले ३० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका प्रमाणपत्रहरू प्राप्त गरेका छन् ।
गत साता उक्त कम्पनीको कारखानामा पुग्दा कामदारहरू आ–आफ्नै काममा खटिएका थिए । कोही कपडा बुन्दै थिए त कोही डिजाइन गर्दै । कोही भने कपडा मिलाउन व्यस्त देखिएका थिए ।
हेर्नुस् तस्वीरहरू