नेपालका लागि इजरायली नवनियुक्त राजदूत श्मुलिक एरी बासले बिहीवार नेपालका पत्रकारहरूसँग गरेको भेटघाट कार्यक्रम ।
राजदूत बासले इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका बेला हमासले बन्धक बनाएका विपीन जोशी छिट्टै मुक्त हुने विश्वास व्यक्त गरे । साथै उनले गतवर्ष हमासको आक्रमणमा मारिएका नेपालीका परिवारलाई इजरायल सरकारले नियमित सहयोग गरिरहेको बताए ।
कार्यक्रममा ‘केयर गिभर’का रूपमा इजरायल गएका महिलालगायत नेपाली श्रमिकको अवस्था, हालै इजरायल र लेबनानको हिज्बुल्लाह समूहबीच भएको युद्धविराम सम्झौता लगायतबारे जानकारी गराइएको थियो । तस्वीर : आर्थिक अभियान