काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले यही कात्तिक २६ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन अपराह्न ४ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकम समेतबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्नेछ । त्यस्तै, सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत (करसमेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू सभामा छलफल गरी पारित गरिनेछ ।
चालु आर्थिक वर्ष (आव)का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने र नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू सभामा पेश हुनेछन् ।