काठमाडौं । विगत ९ वर्षमा नेपालको सरकारी तथा निजी क्षेत्रबाट जलविद्युत क्षेत्रमा प्रतिवर्ष औसत २९ करोड ३० लाख अमेरिकी डलर (४० अर्ब ३९ करोड रुपैयाँ) को दरमा लगानी भएको विश्व बैकले जनाएको छ ।
यसको अर्थ सन् २०१५ देखि सन् २०२४ सम्म ३ खर्ब ६३ अर्ब भन्दा बढीको लगानी भएको देखिन्छ । विश्व बैकले सोमवार सार्वजनिक गरेको– नेपाल राष्ट्रगत आर्थिक परिदृश्यः नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर– प्रतिवेदन अनुसार मुलत: निजी क्षेत्रबाट दुई तिहाइ भन्दा वढी लगानी भएको छ ।
सरकारी निकाय–नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरूको ३१ प्रतिशतको हाराहारीमा लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । निजी क्षेत्रले मुलत: निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र स्थानान्तरण (वुट) अन्तरगत लगानी गरेको छ ।