काठमाडौं। जीवन बीमक, आइएमई लाइफ इन्स्योरेन्सले पाँचौं संस्करणको ‘इमर्जिङ एशिया अवार्डमा’ सर्वश्रेष्ठ जीवन बीमा अवार्डसहित तीन विधामा अवार्ड प्राप्त गरेको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला विधा अवार्ड जितेको हो । उक्त अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको बताइएको छ । यो कार्यक्रमले आइएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीति र सहभागितामूलक नेतृत्वको कदर गरेको कम्पनीले बताएको छ ।
नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलालाई बीमा नेतृत्वमा सशक्त बनाउने आफ्नो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको आइएमई लाइफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रूपमा सहभागी थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव, बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए । कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल आइसिसी, अतनु सेन, जिम बिचर्डले विशेष सम्बोधन गरेका थिए ।