काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । यो दिन छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको हो । महासंघका अनुसार आइतवार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रवार छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम थियो ।
यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको जानकारी महासंघले दिएको हो । आइतवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ५७ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६६७ रुपैयाँ ५० पैसा कायम भएको छ ।