काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरीददर एक सय ३४ रुपैयाँ २० पैसा र विक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरीददर एक सय ४६ रुपैयाँ ६६ पैसा र विक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरीददर एक सय ७५ रुपैयाँ १८ पैसा र विक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर एक सय ५६ रुपैयाँ ४७ पैसा र विक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीददर ९० रुपैयाँ ३० पैसा र विक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ३० पैसा र विक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरीददर एक सय दुई रुपैयाँ ७२ पैसा र विक्रीदर एक सय तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरीददर नौ रुपैयाँ र विक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ९९ पैसा र विक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ८१ पैसा र विक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरीददर चार रुपैयाँ तीन पैसा र विक्रीदर चार रुपैयाँ आठ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३१ रुपैयाँ ३० पैसा र विक्रीदर ३२ रुपैयाँ ४४ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ९३ पैसा र विक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरीददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १२ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरीददर १९ रुपैयाँ ६६ पैसा र विक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरीददर १७ रुपैयाँ २७ पैसा र विक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरीददर चार सय ३७ रुपैयाँ ७० पैसा र विक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरीददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र विक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरीददर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस