काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरीददर एक सय ३४ रुपैयाँ २० पैसा र विक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरीददर एक सय ४६ रुपैयाँ ७९ पैसा र विक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरीददर एक सय ७५ रुपैयाँ ३७ पैसा र विक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरीददर एक सय ५६ रुपैयाँ ५६ पैसा र विक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरीददर ९० रुपैयाँ ५९ पैसा र विक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ५१ पैसा र विक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरीददर एक सय दुई रुपैयाँ ८५ पैसा र विक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरीददर नौ रुपैयाँ र विक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ९९ पैसा र विक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ७३ पैसा र विक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ७२ पैसा र विक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरीददर चार रुपैयाँ पाँच पैसा र विक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३१ रुपैयाँ ३० पैसा र विक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।
साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ९५ पैसा र विक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरीददर १२ रुपैयाँ ९४ पैसा र विक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरीददर १९ रुपैयाँ ६८ पैसा र विक्रीदर १९ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरीददर १७ रुपैयाँ २७ पैसा र विक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरीददर चार सय ३८ रुपैयाँ ७६ पैसा र विक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरीददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र विक्रीदर तीन सय ५७ रुपैयाँ ६५ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरीददर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस