काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि टिकट लिन लाइनमा बसेका बिरामी तथा कुरुवा टिकटको प्रतीक्षामा । लाइनमा बसेकामध्ये केही पाका उमेरका र अशक्त देखिन्छन् । अस्पतालले टिकट लिनका लागि ज्येष्ठ नागरिक र अशक्तले लाइन बस्नुनपर्ने नियम बनाए पनि उनीहरू लाइन बसेका देखिए । अस्पतालले बिरामीको उपचारका लागि बिहान ८ः१५ देखि ११ः०० सम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म टिकट वितरण गर्ने गरेको छ । नयाँ बिरामीका लागि टिकटको मूल्य रु १०० छ भने पुरानो बिरामीले यसका लागि रु ५० तिर्नुपर्छ । तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान