काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
अब कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी अभिलेख राख्ने, नामसरी गर्ने लगायतका सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछन् ।
कम्पनीले साउन १० देखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको जानकारी दिएको हो ।