काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ । सभा बैभवी पार्टी प्यालेस, मैतीदेवीमा पुस २० गते शुक्रवार बिहान ११ बजेदेखि शुरु गर्ने कम्पनीले जानकारी दिएको हो ।
कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव नगरेको सभामा आव २०७९।८० को नाफा नोक्सानसम्बन्धी छलफल, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । त्यस्तै, सभाले सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसअनुसार मङ्सिर २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछन् ।