काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो । साथै कम्पनीले नबिल इन्भेष्टमेन्टलाई शेयर रजिस्ट्रारमा पनि नियुक्त गरेको छ ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा शेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद विक्री गर्न लागेको हो ।