काठमाडौं। नेपालमा पहिलो पटक बिग ह्याच विथ फाइभ स्टार लक्जरी लन्च गरेको नामीलाई उपभोक्ताले अत्यधिक मन पराएको बताइएको छ । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिभ प्रविधि र प्रिमियम अपिललाई दर्शाएको कम्पनीले बताएको हो । नाडा अटो शोमा नामीले ७२० भन्दा बढी बुकिङ प्राप्त गर्नु यसको प्रमाण रहेको कम्पनीको भनाइ छ ।
फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२ दशमलव ८ इन्चको एड्भान्स्ड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिभ फ्युजन प्रदान गर्ने बताइएको छ । यसका विभिन्न रङका विकल्पको उपलब्धता र लक्जरियस डिजाइनले आकर्षक विकल्प स्थापित गरेको कम्पनीको भनाइ छ ।
एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्रा उत्साहपूर्ण रहेको बताए । ‘नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोन हासिल गरेको छ । फेसन शो थिममा गरेको ऐतिहासिक शुरुआतदेखि नाडा अटो शो र क्षेत्रीय लन्चमा प्रभुत्व जमाउने नामी ग्राहकमाझ साँच्चै उल्लेखनीय बनेको छ, आज नेपालको सडकमा ३०० नामी कार देखिनु हाम्रा ग्राहकको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो,’ उनले भने ।