काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २४ औं वार्षिक साधारण सभा शुक्रवार काठमाडौमा सम्पन्न भएको छ ।
उक्त सभाले सञ्चालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ कोे वार्षिक प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/ ०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।
कम्पनीले आव २०७८/ ०७९ मा ५० करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्तापूँजीको २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३६४८% नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।
उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्था एकापसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । जसअनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ ।