काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीवार (आज)बाट हिमालयन हाइड्रो एक्स्पो २०२४ शुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन भएको एक्स्पो ३ दिन (वैशाख १४) सम्म सञ्चालन हुनेछ ।
'समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोमा उच्चस्तरीय बिजनेश मिटिङ पनि आयोजना गरिने भएको छ । भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसीलगायतका कम्पनीका प्रतिनिधिसँग बिजनेश मिटिङ हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
एक्स्पोमा १२ भन्दा बढी देशका १०० भन्दा बढी स्टल राखिने बताइएको छ । आर्थिक गतिविधि सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता भएको इप्पानको भनाइ छ ।
तस्वीरमा यस्तो देखियो हिमालयन हाइड्रो एक्स्पो