काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ८ महीना अर्थात् फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले रू. २८ अर्बभन्दा बढीको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ ओटा बीमालेख जारी गरेर रू. २८ अर्ब २ करोड ८८ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो बीमाशुल्क गत आवको ८ महीनाको तुलनामा ७ दशमलव १२ प्रतिशत बढी हो । सो अवधिमा निर्जीवन बीमा कम्पनीहरूले रू. २६ अर्ब १६ करोड बीमाशुल्क आर्जन गरेका थिए ।
चालू आवको आठ महीनाको तथ्याङ्कलाई हेर्दा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले फागुन मसान्तसम्ममा रू. ४ अर्ब १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो । यो बीमाशुल्क गत आवको तुलनामा ७ दशमलव ९४ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले रू. ३ अर्ब ७१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको थियो । दोस्रोमा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सले रू. ३ अर्ब ३२ करोड बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क गत आवको तुलनामा चालू आवमा ४४ प्रतिशत वृद्धि भएको छ । गत आवको फागुन मसान्तसम्ममा रू. १ अर्ब १८ करोड बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. १ अर्ब ७० करोडभन्दा बढी पुगेको हो ।
तीन निर्जीवन बीमा कम्पनीको बीमाशुल्क गत आवको तुलनामा चालू आवमा घटेको छ भने बाँकीको बढेको छ । तीमध्ये राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क सबैभन्दा बढी १३ दशमलव ३२ प्रतिशत घटेको छ ।
कम्पनीको नाम |
कुल बीमाशुल्क रू. लाखमा |
घटबढ प्रतिशत | |
चालू आवको फागुन मसान्तसम्म |
गत आवको फागुन मसान्तसम्म |
चालू आवको फागुन मसान्तसम्म | |
शिखर इन्स्योरेन्स |
40,139.56 |
37187.25 |
7.94 |
सगरमाथा लुम्बिनी इन्स्योरेन्स |
33,244.63 |
30431.98 |
9.24 |
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स |
27,539.56 |
25611.36 |
7.53 |
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स |
23,760.79 |
23023.46 |
3.2 |
हिमालयन एभरेष्ट इन्स्योरेन्स |
22,105.79 |
20891.7 |
5.81 |
नेको इन्सुरेन्स |
21,948.76 |
21191.25 |
3.57 |
एनएलजी इन्स्योरेन्स |
18,591.26 |
16207.31 |
14.71 |
दि ओरियन्टल इन्स्योरेन्स |
17,035.58 |
11824.78 |
44.07 |
युनाइटेज अजोड इन्स्योरेन्स |
15,986.45 |
17469.32 |
-8.49 |
सानिमा जिआईसी इन्स्योरेन्स |
15,710.31 |
15613.73 |
0.62 |
नेपाल इन्स्योरेन्स |
14,024.08 |
9947.06 |
40.99 |
प्रभु इन्स्योरेन्स |
11,615.24 |
12017.45 |
-3.35 |
राष्ट्रिय बीमा कम्पनी |
10,938.71 |
12620.16 |
-13.32 |
नेशनल इन्स्योरेन्स |
7,647.79 |
7613.92 |
0.44 |
कुल |
280,288.51 |
261650.7 |
7.12 |