काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (एफवीन) को आयोजनामा आठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला ललितपुरको हेरिटेज गार्डेनमा बिहीवार शुरु भएको छ ।
मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । मेलामा अनुराधा कोइराला, प्रेम कुमारी पुन र राजेन्द्र सिंह सम्मानित भएका छन् ।
मेलाको उद्घाटनको क्रममा ओलीले चित्रकला बनाउनुभएको छ । महिला उद्यमी महासङ्घले ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गरौं’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्दै आएको छ ।
महासघले एक दशकदेखि निरन्तर रूपमा अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ । पाँच दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालका ७२ ओटा जिल्ला सङ्घहरूबाट महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ। मेला चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।
हेर्नुस् तस्वीरहरू