साउन ३१, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा ७४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा रू. ७ करोड १ लाख नाफा कमाएको कम्पनीले गत आवमा रू. १२ करोड २१ लाख कमाएको छ ।
गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको आम्दानी ३६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा रू. १४ करोड ५१ लाख आम्दानी गरेको कम्पनीले गत आवमा रू. १९ करोड ८१ लख पुर्याएको छ ।
चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको कम्पनीले जगेडामा रू. २१ करोड ५२ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमास सम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ३ अर्ब ७५ करोड जम्मा भएको छ । जीवन बीमा कोषमा अघिल्लो आवमा रू. २ अर्ब ६३ करोड थियो ।
त्यसैगरी गत आवमा कम्पनीले रू. ३ अर्ब १८ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क अघिल्लो आवको तुलनामा २३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कुल रू. २ अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको थियो ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ८२, मूल्य आम्दानी अनुपात ५७ दशमलव ६० गुणा र प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ९७ छ ।