काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले अहिलेको विकास मोडेल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
न्यू बिजनेस एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्को नवौं संस्करणमा उनले अहिलेको विकास मोडेलले काम नगरेको भन्दै यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । 'वि निड टु रिथिंक डेभलपमेन्ट मोडेल,' उनले भने ।
उनले दुवै (सार्वजनिक र निजी) क्षेत्रमा इफिसेन्सी ल्याउन डेभलपमेन्ट मोडेल परिवर्तन गर्नुपर्ने बताए ।
कार्यक्रमको नवौं संस्करणमा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० विधामा अवार्ड वितरण हुने आयोजक न्यू बिजनेश एज लिमिटेडले बताएको छ । व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याउने व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।
यसबाहेक वर्षभरिमा विभिन्न क्षेत्रमा उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेबापत ‘बेस्ट म्यानेज्ड कम्पनी’, ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’, ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’, ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी’, ‘बेस्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज’, ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’, ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’, ‘बेस्ट म्यानेज्ड आईटी कम्पनी’ र ‘स्पेशल रिकग्निसन फर पब्लिक इन्टरप्राइजेज’ विधामा अवार्ड वितरण हुने आयोजकले बताएको छ ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलहरूले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्तिको छनोट गरेको आयोजकले जानकारी दिएको छ । मूल्यांकनको मापदण्ड र विधि निर्णायक मण्डलले नै तयार पारेको थियो ।
एशियन पेन्ट्स यो कार्यक्रमको टाइटल स्पोन्सर रहेको छ । यसका अतिरिक्त कार्यक्रम प्रायोजकहरूमा कर्भ इभी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, एनआईएमबी एस क्यापिटल, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, एनएलजी इन्स्योरेन्स कम्पनी, एस्युरेन्स इन्कर्पोरेशन, ग्रिन भ्याली रिसोर्ट, फोन पे, नेपाल एयरलाइन्स, किङ्स कलेज, सुबिसु केबलनेट लिमिटेड र गोदावरी स्टील्स रहेका छन् । कार्यक्रमको व्यवस्थापन भोग एड एन्ड इभेन्ट म्यानेजमेन्टले गर्दै छ ।
विगतमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको न्यू बिजनेश एजले गत वैशाखमा न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् कार्यक्रम आयोजना गरेको थियो ।