वासिंङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय शिक्षा विभाग बन्द गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
उक्त आदेशमा हस्ताक्षरपछि ट्रम्पले भनेका छन्, ‘मैले एक दस्तावेजमा हस्ताक्षर गरेको थिएँ, जुन देशका लागि धेरै राम्रो साबित भएको थियो । त्यही कलम मैले यो कार्यकारी आदेशमा हस्ताक्षर गर्नका लागि प्रयोग गरें ।’
ट्रम्पको यो कदमपछि अमेरिकी शिक्षा विभाग बन्द हुनेछ ।
केही समयअघि राष्ट्रपति ट्रम्पले शिक्षा विभाग बेकामे तथा उदारवादी विचारधाराबाट दूषित भएको आरोप लगाएका थिए । यही कारण उनले विभाग बन्द गरेका हुन् । यो विभाग सन् १९७९ मा स्थापना भएको थियो । एजेन्सी