काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा हितेन्द्र देव शाक्य चयन भएका छन् ।
चैत २१ गते नेपाल विद्युत प्राधिरणको तर्फबाट कार्यकारी निर्देशक शाक्यलाई अपर तामाकोशी हाइड्रोपावरको सञ्चालकमा मनोनयन गरि पठाइएको थियो ।
चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालक समितिको अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको जानकारी कम्पनीले दिएको छ ।