काठमाडौं । गत आर्थिक वर्ष (आव)मा संघीय सरकारी कार्यालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन २०८२ अनुसार आव ०८०/८१ मा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुमध्ये अर्थमन्त्रालयको सर्वाधिक ३३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी छ, जुन कुल बेरुजुको ७१.६१ प्रतिशत हो ।
सर्वाधिक बेरुजु हुने संघीय सरकारी कार्यालयको सूचीमा दोस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ । उक्त मन्त्रालयको बेरुजु ६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी छ, जुन कुल बेरुजुको १३.४८ प्रतिशत हो ।
त्यसपछि रक्षा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, सञ्चार तथा सूचना प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बेरुजु बढी देखिएको छ ।
यी १० मन्त्रालयको बेरुजु ४६ अर्ब ७८ करोडभन्दा बढी छ, जुन संघीय सरकारी कार्यालयको कुल बेरुजुको ९७.९९ प्रतिशत छ । संघीय सरकारी कार्यालयको कुल बेरुजु भने ४७ अर्ब ७४ करोडभन्दा बढी छ ।
संघीय सरकारी कार्यालयतर्फ कुनको बेरुजु कति ?
स्रोत : महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन २०८२ ।