काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले असोज मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ ।
भदौ मसान्तसम्ममा फण्डले रू. ६ करोड २२ लाख नोक्सानीमा रहेकोमा असोज मसान्तमा बढेर रू. ११ करोड ८१ लाख पुगेको हो । असोजमा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
भदौ मसान्तमा फण्डको जम्मा खर्च रू. ४८ लाख २४ हजार रहेकोमा असोज मसान्तमा बढेर रू. ७० लाख ४५ हजार पुगेको हो । असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. ११ करोड ११ लाख ऋणात्मक छ ।
त्यस्तै फण्डको न्याभ पनि भदौको तुलनामा असोजमा घटेको छ । भदौ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ ६२ पैसा रहेकोमा असोज मसान्तमा घटेर ९ रुपैयाँ २५ पैसा कायम भएको छ । यस फण्डले असोज मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ४ करोडभन्दा बढी लगानी गरेको छ ।