logo
बेलायतमा आम निर्वाचनका लागि मतदान शुरु
बेलायतमा आम निर्वाचनका लागि मतदान शुरु
A
२० असार २०८१

लन्डन (बेलायत) । बेलायतमा बिहीवार (आज) आम निर्वाचनका लागि मतदान शुरु भएको छ । आज बिहान ६ बजे (स्थानीय समय)मा शुरु भएको मतदान आज राति १० बजे सकिने हुने बताइएको छ ।

निर्वाचनमा इङ्ल्यान्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका कुल ६५० निर्वाचन क्षेत्रका मतदाताले मतदान गर्नेछन् । चुनावमा बहुमतका लागि कम्तीमा ३२६ सिट जित्नुपर्छ । 

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक फेरि प्रधानमन्त्री बन्ने दौडमा छन् । उनले मेको अन्त्यमा आकस्मिक चुनावको घोषणा गरेका थिए । तर, अहिलेसम्म देखिएको सर्वेक्षणले यसपटक उनीहरूको बाटो सहज नरहेको बताइएको छ ।

सुनकले बेलायतमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने प्रतिबद्धता गरेका थिए । उक्त वाचा नभएपछि जनतामा उनीप्रति आक्रोश बढेको छ । सुनक बेलायतका पहिलो एसियाली र हिन्दू प्रधानमन्त्री हुन् ।

उनको विपक्षमा दक्षिणपन्थी झुकाव भएको मध्यमार्गी दल लेबर पार्टीका नेता केयर स्टारमर छन् । निर्वाचनअघिको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । उक्त प्रक्षेपणको जस्तै नतिजा आएमा स्टारमर बेलायतको अर्को प्रधानमन्त्री बन्नेछन् । 

रोयटर्सको रिपोर्टका अनुसार बिहीवारको मतदानमा लेबर पार्टी जिततर्फ अग्रसर छ । यो भए बेलायतमा कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासनको अन्त्य हुनेछ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.